चन्द्रपुर,२४ भदौ / रौतहटमा प्रहरी भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भरएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा मंगलबार राति करीब ९ बजे लमहापुलतर्फ दुर्घटना भएको हो । मृत्यु हुनेमा रौतहटको कटहरीया नरपालिका ७ बगहिटोलका ६० वर्षीय नथुनी महत्तो रहेका छन् । सोही गाउ“का ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरको ना १ ग ४७९ को वानटनले ठक्कर दिएको थियो ।
वानटन चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here