रौतहट २५ भदौ । झण्डै ३९ करोड रुपैयाको बजेट बिनियोजन गर्दै रौतहटको सिमाना संगै जोडिएको ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । बुधवार एक समारोहका बिच नगर प्रमुख संतोष कुमार मेहताले बती बालेर सुभारम्भ गरेको चौथो नगरसभामा कार्यपालिकाका अधिकांस सदस्यको सहभागिता थियो । आयतर्फ २०७७ ।०७८को लागी नेपाल सरकारको बितिय समानीकरण अनुदान तर्फ ८ करोड ५ लाख २६ हजार, सर्शत अनुदान १३ करोड १४ लाख,संघिय समपुरक अनुदान १ करोड,आन्तरिक आयतर्फ १ करोड १६ लाख रहेको छ ।
त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ८० लाख बितिय अनुदान २० लाख,प्रदेश समपुरक ३० लाख,राजश्व बाट ४४ लाख ७७ हजार,सडक बोर्डबाट २२ लाख,जिल्ला समन्वय समिति बाट १० लाख, समेग गरेर कुल ३८करोड, ८७ लाख,१६ हजार,६सय ६९ रुपैयाको बजेट बिनियोजन भएको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले जानकारी दिएका छन । कुल आय मध्ये खर्चतर्फ चालुखर्चमा २२ करोड,डण्लाख,३७ हजार ९ सय,पुंजीगत तर्फ १६करोड ६लाख,६९हजार बिनियोजन भएको छ । त्यसैगरी बितिय समानीकरण अनुुदान अन्तर्गत प्रत्येक वडामा ५० लाख रुपैयाको दरले सिलिंग बितरण गरीएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here