सिराहा, २५ भदौ । कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहा सदरमुकाम सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष हुन् । केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको महतोले बताइन् ।
‘नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौं । तर, उनीहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ महतोले भनिन्, ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिइन् । महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउँदै यसपटक पनि देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताइन् । यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here