जनकपुर, २५ भदौ । झण्डै २ वर्ष अघि प्रेममा परेर गर्भवती भएकी महोत्तरीको जलेश्वर नगरपालिकाकी २० वर्षीया युवतीले छोरा जन्माएकी छन् । गएको भदौ ५ गते तीजको मध्यराति जनकपुरको एक अस्पतालमा शल्यक्रिया मार्फत उनले छोराको जन्म दिएकी हुन् । गत भदौ ५ गते उनलाई सुत्केरी व्यथा लागेपछि छिमेकीको सहयोगमा उनी अस्पताल भर्ना भएकी थिइन् । ‘म अस्पतालमा भर्ना हुँदा माइती नेपाल, सानोपाइला भन्ने संस्थाले मेरो पुरै खर्चको फाइनाइन्स गरिदियो’, युवतीले भने, ‘अप्रेशन खर्च, आठदिनको खाना खर्च, पुरै औषधि खर्च लगायतका अस्पतालमा भएका सम्पूर्ण लगानी सबै त्यो संस्थाले गर्योँ ।’ अस्पतालले औषधी बाहेकको अन्य चार्ज नलिएको उनले बताइन् ।
‘छोराछोरीको जन्म दिने आमाबुवाको कर्तव्य हुन्छ उनको लालनपोषण गर्नु । मलाई आर्थिक समस्या पनि निकै छ किनभने न मेरो कुनै जागिर छ न त म अहिले कतै मजदुरी नै गर्न सक्छु । म घरपरिवार पनि चलाउन सक्दिन । ९ महिनादेखि जसोतसो खानादेखि औषधि सम्मको खर्च जोहो गर्ने गर्छु । कहिलेकाही साथीहरुको सहयोगबाट खर्च मेन्टन गर्छु,’ उनले सुनाइन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगरका शिवराज श्रेष्ठसँग उनको पे्रम परेको थियो । प्रेम सम्बन्धको क्रममा केही दिनपछि उनी गर्भवती भएकी थिइन् । गर्भवती भएको कुरा उनका पूर्व प्रेमी शिवराजले थाहा पाएपछि गर्भपतनकालागि दबाब दिएका थिए । तर ती युवतीले कुनैपनि हालतमा बच्चा जन्माएर छोड्ने अडान लिएकी थिइन् । शिवराजसँगै युवतीको परिवारले समेत उनी गर्भवती भएको थाहा पाएपछि गर्भ तुहाउन दबाब दिएपनि ती किशोरीले बच्चा जन्माएर हुर्काउने अडान लिइन् । गएको पुसमा गर्भवती भएकी उनी घर परिवार, आफन्त, समाज चारैतिरबाट एक्लिएकी छन् । उनी जनकपुरमा पछिल्लो नौ महिनादेखि अर्थात् गर्भवती भएको अवस्थादेखिनै भाडामा कोठा लिएर बस्दै आएकी छन् । ‘डेढ महिनाको गर्भवती भएपछि आफुलाई थाहा भयो र १ महिना उनका पूर्व प्रेमी शिवराजले पनि आफ्नो घरमा मलाई राख्यो,’ टुडेपाटीसँग ती युवतीले भनिन्, ‘त्यसको केही दिनपछि मलाई गर्भ तुहाउन भन्यो तर मैले मानिन् । त्यसबेलादेखि सायद उ फरार भएर भारतमा लुकेका थिए । टुडेपाटी बाट सभार समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here