रौतहट,२६ भदौ । आज चट्याङ सहित बर्षा हुने मौषम पुर्वअनुमान महाशाखाले जनाएको छ । प्रदेश २ सहित पाच वटा प्रदेशमा आजपनि भारी वर्षा हुनेभएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।
यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ । जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भईरहेको छ । आज दिउसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here