हेटौडा,२६ भदौ । मध्यामाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रदेश २ का उप निर्दैशक तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठले परिवार सहितको आंखा दान गरेकाछन् ।
तिलगंगा आंखा अस्पतालमा हेटौडा स्थितमा श्रेष्ठ सहितका परिवारका सदस्यले आंखा दान गरेका हुन् । बिगत लामो समय देखी कराते प्रशिक्षकका रुपमा काम गर्दै आएका श्रेष्ठले आंखा दान महादान भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै आफ्नो मृत्यु पस्चात आंखा दान गरेका हुन ।
खेलकुद क्षेत्रमा लागेका मान्छेले पनि सामाजिक काम गर्दे जानुपर्छ भन्ने मान्यता अनुसार आफुले आफ्ना दुई छोरी सहितको मृत्यु पस्चात आंखा दान गर्ने निर्णय गरेको श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । श्रीमती अनिता श्रेष्ठ, छोरीहरु आयुसा श्रेष्ठ र शृया श्रेष्ठ सहितले आखा दान गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here