गौर,२६ भदौ । केही दिन देखीको लगातारको बर्षाले रौतहटको दक्षिणी भेगका किसान खुशी भएका छन् । सिंचाई सुभिदा नभएका रौतहटको दक्षिणी भेगका किसान बर्षाले धान खेतमा राहत पुगेको भन्दै खुशी भएका हुन् । जिल्लाको आधा भागको खेतीमा सिंचाई सुभिदा नभएका कारण उनीहरु आकाशे पनिको भरमा पर्ने गरेकाछन् ।
बर्षाले धान खेतीलाई राहत दिएको किसानको भनाइ रहेको छ ।