गौर,२६ भदौ । अपरिचित समुहको हतियार प्रहारबाट एकजना घाईते भएकाछन् । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुर टोल का ५४ बर्षीय सुरज मुखिया लाई अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका हुन् । शुक्रबार मुखियाले घरबाट बिहान धान खेत हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएका थिए । घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार पछि जिल्ला बाहिर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । छुरा प्रहरा गर्ने समुहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here