अशोक पहाडी ,गुजरा,२८ भदौ । रौतहटको गुजरा नगरपालिकामा आर्कषक फनपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुजरा नगरपालिका वडानं २ को चोचामा करिव एक करोडको लागतमा निर्माण सुरु भएको फनपार्कको काम अन्तिम चरणमा पुगेको गुजरा २ का वडा अध्यक्ष अशोक चौधरीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । शिवशक्ति सामुदायीक वन उपभोक्ता समितिको जग्गामा रहेको फनपार्कमा गुजरा नगरपालिका ,राष्ट्रिपनि चुरे संरक्षण कार्यक्रम ,डिभिजन वन कार्यालय लगाएतको आर्थिक सहयोगमा मानव निर्मित पहाड सहितको आर्कषक फनपार्कको काम सुरु भएको स्थानीय बासिन्दा रामइश्वर चौधरीले जानकारी दिएकाछन् । चारै तीर पोखरी र पोखरीको बिचमा मानव निर्मित पहाडले फनपार्कको शोभा बढाएको शिवशक्ति सामुदायीक वनका अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिएकाछन् ।
मानव निर्मित पहाड सहितको पार्क प्रदेश २ कै पहिलो भएको वडा अध्यक्ष चौधरीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here