सर्लाही, २८ भदौ । सर्लाहीमा नदि दोहन रोकिएको छैनन् । सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा व्यापक नदी दोहन भइरहेको पाइएको छ । सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमती लगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सयौं ट्याक्टर र टायरगाडा प्रयोग गरी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । जिल्लाकै सबैभन्दा ठूलो बागमती नदी दोहन भइरहेको त्यहाँका स्थानीयले बताउने गरेका छन् । बामगती नगरपालिकाअन्तर्गत कर्मैया, जिरायत टेकानीघाट, रामपुरघाट, लालबहादुर टोलघाट र बरहथवा नगरपालिकाको खर्सालघाट, हजरियाबाट दिनदहाडै ट्याक्टर प्रयोग गरी नदीजन्य पदार्थ निकालिने गरिएको स्थानियले बताएका छन् ।