गौर, २९ भदौ । रौतहटमा ट्रकले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका १० बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साह रहेकी छन् । आइतबार राति चन्द्रपुर नगरपालिका—१० बक्तौरामा ना।५ ख ६७६५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here