जनकपुर, २९ भदौ । धनुषामा एक प्रहरी हवल्दार मध्यरातमा महिलासँग रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार प्रेम नेपालीले महिलासँग पक्राउ परेका हुन् । शहीदनगर नगपालिका ३ यदुकूहास्थित एक दलित महिलाको घरबाट हवल्दार नेपालीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । आवश्यक कारबाहीका लागि हवल्दार नेपालीलाई राति नै स्थानीयले यदुकूहा प्रहरी कार्यालयमा बुझाएको सो वडाका वडाध्यक्ष नागेन्द्र मण्डलले जानकारी दिए । ‘प्रहरीको घरमा पुगेपछि महिलाले चोर—चोर भन्दै हल्ला गरिन्, वडाध्यक्ष मण्डलले भने, ‘त्यसपछि स्थानीय उनको घर पुगेपछि ट्वाइलेटमा लुकेको अवस्थामा प्रहरी हवल्दार समातिए । त्यसपछि उनलाई प्रहरी कार्यालयमा स्थानीयले बुझायो ।’ उनका अनुसार ती महिलाको घरमा राति कोही थिएन । महिलाको श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । घरमा कोही नभएको मौका छोपेर प्रहरी हवल्दार नेपाली गलत नियतले उनको घर पुगेको देखिन्छ । समातिएका प्रहरी हवलदारलाई निलम्बन गर्नुपर्ने उनको भनाइ छ । यदुकूहाका इन्सपेक्टर दीपकबाबु केसीले घटनाको विषयमा अनुसन्धान गरिरहेको बताए । थाहा खबरबाट सभार समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here