बिजयपुर,२९ भदौ / जिल्लाको फतुवा विजयपुर नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमिता गरेको स्थानीयले बताएकाछन् ।
सो नगरपालिकाको वडानं ४ मा रहेको आधारभुत निमाबी टेङग्राहाका प्रधानाध्यापकले गत आर्थिक र यस बर्षको विद्यार्थीको दिवा खाजाको रकम निकासा गरेर आर्थिक अनियमिता गरेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । विद्यालयका प्रधानाध्यापक बृजानन्द यादवले विद्यालयका विद्यार्थीका लागि आएको दिवा खाजाको दुइ आर्थिक बर्षको ८ लाख रकम नगरपालिकाबाट निकाशा गरेर हिनामिना गरेको स्थानीय बासिन्दा तथा नेकपा नेता संजय महतोले जानकारी दिएकाछन् ।
प्रधानाध्यापक यादवले विद्यालयको नाममा नगरपालिकाबाट निकाशा गरेको रकमबाट विद्यार्थीले केही खान नपाएको स्थानीयको भनाइ रहेको छ ।
सो नगरपालिकामा रहेका अन्य विद्यालयले समेत दिवा खाजाको रकम निकाशा गरेर हिनामिना गरेको समाचार प्रकाशमा आउन थालेकाछन् । सो नगरपालिकाका लेखापालको मिलेमतोमा विद्यालयहरुले आर्थिक अनियमिता गर्ने गरेको अभिभावकहरुको गुनासो रहेको छ ।
प्रधानाध्यापक बृजानन्द यादवले विद्यालयको नाममा रहेको २१ बिघाह जमिन आफ्नो मनोमानी तरिकाले ठेक्का लगाएर आर्थिक अनियमिता गरेको स्थानीयले जानकारी दिएकाछन् ।
यादवले लगाएको विद्यालयको नाममो जमिनको ठेक्का रद्ध गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ । २०७७ भदौ २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार । फाइल फोटो