सप्तरी, २९ भदौ । सप्तरीमा शौचालय निस्केकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बलान बिहुल गाउँपालिकामा शौचकालागि बाहिर निस्केकी १७ वर्षीया किशोरीमाथि शनिवार राति बलात्कार भएको प्रहरीले जनाएको छ ।
घरमा शौचालय नभएका कारण रातको ९ बजे निक्लिएका सुस्त मनस्थितीकी किशोरीलाई २१ वर्षीय एक युवकले पहिले समातेका थिए ।
युवतीका अनुसार तीय युवकले उनको मुखमा गम्छाले बाँधेपछि दुई जना साथीलाई फोन गरेर बोलाए। मोटरसाइकलमा आएका उनीहरुसहित मिलेर खेतमा पुर्‍याएपछि सामूहिक बलात्कार गरेको उनले प्रहरीमा बयान दिएकी छन् ।
प्रतिवाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन्। आफूलाई जवरजस्ती करणी गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपितमध्ये २ जनालाई पहिचान गरेकी छिन्। उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। टुडेपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here