वीरगंज,३० भदौ । पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो । उनलाई हिजो विहान सवा ११ बजे अस्पताल लगिएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस कुमार चौरसियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here