बिजयपुर,३० भदौ / रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ६ पेटभरवामा रहेको रामजानकी मठको करोडौं मुल्यपर्ने जग्गा भुमाफियाले बिक्री गर्ने अन्तिम तयारी गरेकाछन् ।
कालिन भुमिसुधार कार्यालय रौतहटका प्रमुख रामकृष्ण उप्रेती र गाबिस सचिव सत्यलाल साह कानुको मिलोमतोमा सो समयमा कृतेगरी नागेन्द्र यादवले आफनो नाउमा गराएको करोडौंको जग्गा अहिले आएर बिक्रि गर्ने तयारी भएको स्थानीयले बताएकाछन् । माधव नारायण नगरपालिका ६ का बुुसाई राय यादवका छोरा नागेन्द्र यादव नक्कली मोहीधनी बनेर रामजानकी मठको जग्गा ३ बिगहा १५ कठाबाट मोहीहक बापत १ बिगहा १७ कठा १० धुर जग्गा लिएका थिए । नागेन्द्रले पछी उक्त जग्गा आफना दुईजना साहु संजय प्रसाद साह र जयमंगल साहको नाउमा रकम लिएर धरौटी राखेका थिए ।
सोही धरौटीमा राखिएको जग्गा हाल अहिले बाहिरिया संग बिक्री गर्नखोजेको फतुवा बिजयपुरका नगर कार्यपालिका सदस्य लक्षुमण साहले तराई एक्सप्रेसलाई बताए ।
कर्मचारी मिलाएर मोहीहक बापत मठको जग्गा नागेन्द्र यादवले आफनो नाउमा नामसारी गराई १ बिगहा १३ कठा २०७५ अषाढ २५ गते माधव नारायण नगरपालिका वडा ६ का गोपाल साह तेलीका छोरा सञ्जय प्रसाद साहको नाउमा पारीत गरेको कार्यपालिका सदस्य साहको भनाइ छ ।
पेटभरवा गाउका केही युवा भुुमाफियाले गराएको रामजानकी मठको जग्गा फिर्ता गराउन पछिलो एकबर्ष देखी लागीपरेका छन । नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले असहयोग गरीरहेकाले मठको जग्गा फिर्ता गराउन उनीहरुलाई सकस भएको स्थानीयको भनाइ छ ।
भुमाफिया नागेन्द्र यादवले जग्गा फिर्ता गराउन प्रयास गर्नेहरु लाई ज्यान मार्नेधम्की दिएको साहले बताए ।
भुमाफियाले बिक्री गरीसकेको र बिक्रीगर्न लागेको जग्गाको प्रतिकठा ५ लाख देखी १० लाखरुपैया हालको मुल्यांकन रहेको स्थानियहरुले बताएका छन ।
त्यसैगरी रामजानकी मठको नक्कली मोहीधनी बनेर नागेन्द्र यादवले लिएको १ बिगहा १७ कठा १० धुर जग्गा मध्ये बा“की जग्गा ४ कठा १० धुर,गरुडा नगरपालिका १ जयनगरका जिमदार महतोको छोरा जयमंगल महतोको नाउमा नागेन्द्र यादवले सोहीदिन धरौटी स्वरुपनै पारित गरेका थिए । २०७७ भदौ ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।
तस्बिर : संजय मिश्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here