चन्द्रपुर,३१ भदौ । एकजना स्वास्थ्यकर्मीले राम धुलाइ भेटेका छन् । चन्द्रनिगाहपुरमा रहेको एपोलो सिटी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको रुममा एकजना बिवाहीत महिला छिरेर लामो समय बिताएपछि ती महिलाका आफ्न्तले काठा खोलेर दुबैजनालाई राम धुलाई गरेका थिय ।
बालबच्चाकी आमा समेत रहेकी ती महिला र एपोलो सिटी अस्पताल चन्द्रनिगाहपुर स्वास्थ्य कर्मचारी जय यादवलाई महिलाका आफ्न्तले यादवको डेरामै गएर धुलाई दिएका हुन् । चन्द्रपुर अस्पताल अगाडी रहेको यादवको डेरामा आइमाइको बिषयमा मारमुङग्र्री चलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिय । स्थानीयको खबरपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले दुबैलाई थानामा ल्याएको थियो । दुबैले आफुहरु समान्य कुराकानी गरिरहेको बेला आएर कुटपिटि गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ । यो समाचार तयार पर्दा सम्म मिलापत्र गराएर छाडने तयारी भएको थियो ।