गरुडा, ३१ भदौ । विवेकशील नेपाली दल रौतहटले मंगलबार गरुडा बजारमा मास्क बितरण गरेको छ । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा बजारमा १ हजार ब्यक्तिहरुलाई विवेकशील नेपाली दलको केन्द्रीय सदस्य बिबेक शर्माको सकृयतामा हाथ सेनिटाईज गराई मास्क बितरण गरिएको छ । कोरोनाको अवस्था रौतहटमा बढ्दै गर्दा पनि यहाको बजार एरियामा भिडभाड भैइ रहदा बिना मास्को मानिसहरुको हिडडुल भईरहदा विवेकशील नेपाली दलले मास्क अभियान सन्चालनमा ल्याएको छ ।
ईप्रका गरुडाको रोहबरमा यो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट स्थानियहरु खुसी ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा जिल्ला सम्योजक लखिन्द्र गुप्ता, प्रदेश सदस्य अनिशुन खातुन, जिल्ला सदस्य गजेन्द्र साह, गजेन्द्र पटेल, सुरेन्द्र शर्मा, रितेश लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here