शंखर पहाडी

सर्लाही, ३१ भदौ । जिल्लाको लालबन्दी नगरपालिका ११ को रामजानकी सामुदायिक वनक्षेत्रबाट तस्करले चोरी निकासी गर्न लागेको काठ बरामद् गरेको सव डिभिजन वन कार्यालय सर्लाहीले गैर कानूनी रुपमा घाटगद्धी गरेको छ ।
सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयको घाटगद्धीमा नलगी सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख वेद कृष्ण साउको मौखिक निर्देशनमा फलेष्टर मिन कुमार चौधरीको घरमा घाटगद्धी गरेको पाईएपछि वन कार्यालय नै काठ तस्करहरुसंग मिलेको देखिएको हो ।
सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउले यस अघिपनि पटक पटक जंगल क्षेत्रबाट तस्करहरुले निकासी पैठारी गर्न लागेको काठ बरामद् गरी जिल्लाका विभिन्न काठ चिरान मिलहरुलाई विक्रि वितरण गर्ने गरेको पाइएको थियो । केहीसमय पहिला जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले वनको जग्गा अतिक्रमण गरि बनाएको भवननिर्माण स्थलबाट ५ वटा काँचा सिसौका रुखहरुपनि सामुदायिक वनलाई डिभिजन वन कार्यालयलाई जानकारी नै नदिई ट्राफिक प्रहरी प्रहरी निरिक्षक सुर्य नारायण यादव र सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख साउ मिलेर रातारात कटान गरि निकासी गरेको पाइएको नन्देश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उद्धय बहादुर कार्कीले बताउनुभयो ।

#फाईल फोटो # तस्कर # वन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here