जनकपुर, १ असोज । जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट शुक्रवार दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएका छन् । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर—जयनगर चल्ने रेल शुक्रबार मध्याह्न १२ बजेसम्ममा जनकपुर स्टेसनमा आइपुग्ने जानकारी दिए । उनका अनुसार रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुर आउन लागेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो । तर रेल्वे विभागले केहिदिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि शुक्रबार आइपुग्ने बताइएको छ । रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा रेल्वे विभागले बुझ्ने छ । रेल शुक्रबार आइपुग्ने पक्का भएपनि सञ्चालन मिति निश्चित भइसकेको छैन । रेल आएपछि छिट्टै संचालन गर्ने तयारी भइरहेको छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here