निजगढ, १ असोज । बाराको निजगढ नगरपालिकाभित्र पर्ने बकैया र धन्सार खोलाबाट तस्करहरूले अवैध रुपमा दुई हजार टीप ढुङ्गा चोरेको भेटिएको छ। खोलाबाट ढुङ्गा चोरी भएकोबारे जिल्ला समन्वय समितिका पदाधिकारीहरुले स्थलगत अनुगमन गर्दा चुरेसँग जोडिएको बकैया र धन्सार खोलामा मात्रै कम्तीमा दुई हजार टीप ढुङ्गा चोरी गरेर थुपारिएको भेटिएको हो। नदिजन्य उत्खनन् बन्द रहेको अवस्थामा निषेधित क्षेत्रमा अवैध रुपमा कसले ढुङ्गा थुपा¥यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन। ‘त्यति धेरै परिमाणमा ढुङ्गा २/४ दिनमै थुपारिएको होइन, कम्तिमा ३/४ महिनादेखि सो क्षेत्रमा ढुङ्गा चोरी भइरहेको छ, कसको संलग्‍नतामा कसरी थुपारियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ स्थलगत अध्ययन गरेका प्रजिअ पण्डितले भने। उनका अनुसार बकैया र धन्सार खोलामा मात्रै दुई हजार ट्याक्टर ढुङ्गा तस्करीका लागि थुपारिएको छ । आफ्नो क्षेत्रभित्र रहेका दर्जनौ सानाठूला खोला र वन क्षेत्र भित्रैबाट अवैध रुपमा ढुङ्गा चोरी भएको देख्दा(देख्दै निजगढ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले वास्ता गर्ने गरेका छैनन्‌। पछिल्लो समय ढुङ्गा चोरीको विषयमा स्थानीय प्रशासनमा उजुरी परेपछि ढुङ्गा ओसारपसार र बेचबिखन रोक्न बारा प्रशासनले निजगढ नगरपालिकालाई पत्राचार समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here