जनकपुर,२ असोज । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् । कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका छन् । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका छन् । शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड(१९)लाई भने बिर्साइदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here