धनी राम कोरी
कपिलवस्तु ,३ असोज ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका को गोरुसिङ्गे मा नेपाल राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा कपिलवस्तु शाखाको समिति गठन भएको छ । नेपाल राष्ट्रिय पत्रकार संघ का कपिलवस्तु शाखा का कार्यसमिति मा अध्यक्ष कृष्ण हरिजन , उपाध्यक्ष कल्याणी खनेल , कोषाध्यक्ष राम शरण कोरी , सचिव विक्रम विश्वकर्मा ,सह—सचिव भुवेन्द्र सुनार , सदस्य धनी राम कोरी , राज कुमार चमार , शम्भु वि।क र राम बहादुर गन्दर्भ लगायत का पत्रकार हरु लाई पद वाडभाड गरिएको छ । रामदेव पासीको संयोजकत्वमा , उजेली बिश्वकर्मा र रामप्रकट कोरी लाई सल्लाहकार मनोनीत गरिएको छ । नेपाल राष्ट्रिय पत्रकार संघ का केन्द्रीय अध्यक्ष विनोद पहाडी ज्यु को प्रमुख आतिथ्यता मा जिल्ला भेला सम्पन्न भएको छ । दलित माथि घटी रहेको घटना र दलित माथि भइरहेको हिंसा जस्तो घटनाहरु लाई उठान गर्न को लागि यो समिति गठन भएको छ । हाम्रो समुदाय मा भइरहेको घटनालाई जस्ता को त्यस्तै ऐन जस्तै काम गर्ने संगठन को काम रहेको छ । सो कार्यक्रममा संविधान दिवस को अवसरमा शुभकामना दिने काम पनि भएको छ । अनि कपिलवस्तु जिल्ला शाखा का पदाधिकारीहरुलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा कपिलवस्तु जिल्ला का दलित समुदाय भित्र रहेर विभिन्न अनलाइन ,पत्रिका , रेडियो , टिभी जस्तो मिडिया मा काम गर्ने पत्रकारहरु को उपस्थितिमा रहेको थियोे । कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी , प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियार , केन्द्रीय सदस्य सोना खटिक , प्रदेश सल्लाहकार सन्जीव गहतराज , दलित अधिकारकर्मी मिना परियार लगायत अन्य व्यक्ति को उपस्थिति रहेको थियोे ।