गरुडा, ३ असोज । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज ६० थान च्याप कटर र मोटर वितरण गर्नुभएको छ । कृषि राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नपा (४ मानपुरर बिसुनपुरवाका दुग्ध उत्पादक कृषक समुहका ६० जना किसानहरुलाई ६० थान च्यापकटर र ६०थान मोटर पुरक अनुदानमा बितरण गर्नुभएको हो । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि कार्यक्रम अन्तर्गत प्रत्येक किसानहरुलाई एक एक थान घाँस, पराल काट्ने च्याप कटर र पानी तान्ने मोटर वितरण गरिएको राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
दूध उत्पादन गर्ने किसानहरूको मनोवल बढाउन र दूधबाट नै आत्मनिर्भर बनाउने उदेश्यले सहयोग स्वरुप २ वटा दूध उत्पादक कृषक समूह मा आवद्ध ६० जना किसानहरुलाई उक्त कृषि सामग्री हस्तान्तरण गरिएको राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि को ३० प्रतिशत अनुदानमा किसानहरुलाई उक्त कृषि सामग्री वितरण गरिएको मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
जनसेवा कृषि सहकारी संस्था लिमिटेड विशुनपूर्वा मानपुर ४ को आयोजनामा भएको
कार्यक्रममा माधवनाराण नगरपालिकाका मेयर विरेन्द्र यादव, जयानगरका वडा अध्यक्ष सरोज यादव, सहकारीकर्मी रामबाबु मुखिया लगायतको उपस्थिति रहेको थियो ।