गौर, ३ असोज । रौतहटमा पिसिआर परिक्षण प्रयोगशालाको उद्घाटन भएकोे छ । शुक्रबार प्रयोगशालाको प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको एकीकृत प्रयासबाट प्रयोगशाला स्थापना भएको हो । प्रयोगशाला स्थापनाका लागि रौतहटका १३ वटा स्थानिय तहले आर्थिक सहयोग गरेको बताईएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्ररौतहटको साउन ३० गतेको बैठकबाट भएको निर्णय अनुसार पिसिआर परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटको माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा र राजपुर लगाएतका नगरपालिकाहरुले पांच पाँच लाखका दरले रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको बताउनुभयो ।
सोहि बैठकबाट गरेको निणयनुसार श्री जय किसान पोलिटेक्निक इन्ष्टिच्यूट धरहरीमा ३ सय बेडको आइसोलेसन सेन्टर तयार भई संचालनमा रहेको समेत जनाएको छ । यसअघि कोरोना परीक्षणका लागि बिंरगंज, हेटौडा, जनकपुर र काठमाण्डौसम्म स्वाब पठाउनु पर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पताल गौरले जनाएको छ ।
रौतहटमा पीसीआर प्रयोगशाला स्थापना भएपछि छिमेकी जिल्लाका नागरिकलाई समेत सहज हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here