गौर ४ असोज । रौतहटका विभिन्न स्थानमा जनता समाजवादी पार्टीले संविधान दिवसलाई ‘कालो दिनका रुपमा मनाएको छ । संविधान जारी भएको पाँचौ वर्ष पूरा गरेको अवसरमा रौतहट लगायत मुलुकका विभिन्न स्थानमा अन्य पार्टी तथा कार्यलयहरुले हर्ष उल्लासका साथ खुशी मनाइ रहदा जनता समाजवादी पार्टी रौतहटले भने कालो दिनका रुपमा मनाएका छन । जनता समाजवादी पार्टील प्रदेश २ का ८ वटै जिल्लामा संविधान दिवसको विरोधमा कालो दिनका रुपमा मनाएको बताएका छन् । रौतहटको गौरमा आयोजित विरोध सभामा बौधिमाई नगरपालिकाका मेयर राजिव रंजन यादव, देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेल, माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादव, जसपाका नेता श्यामविहारी यादव, अनिल सिंह, ललन यादव, शेख जमसैद, सोभा देवी साह, गिता देवी, राधा साह लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको थियो । यस्तै संविधान दिवसको अवसरमा जनकपुरमा केही युवाहरुले संविधान जलाएका छन् । शनिबार संविधान दिवसको अवसरमा जनकपुरमा कोहीले संविधान दिवस मनाएका छन् भने केहीले कालो दिन मनाएका छन् । मधेशवादी दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधान जारी भएपछि प्रत्येक वर्ष तराई मधेशका जिल्लामा कालो दिवस मनाउँदै आएका छन् । यसवर्ष भने जनकपुरमा संविधान दिवस र कालो दिवस दुवै मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here