चन्द्रपुर, ५ अशोज । रौतहटको चन्द्रपुरमा चाडबाड नजिकिएसंगै चोरीका घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेको छ । आइतबार राति अन्दाजि २ बजेको समय आसपासमा चन्द्रपुरमा फरक फरक स्थानमा एउटै प्रकृतिको अनौठो किसिमको चोरीको घटना भएको छ । ईश्वरी काफ्लेको घरमा बाधेर राखेको अन्दाजी ४० किलोको खसी र अर्का वडा नंवर ४ घर भएका भक्त बहादुर महतको अन्दाजी २५ किलोको खसी बाधेकै खोर नजिकमा नै खसी काटेर आन्द्रा भुडी चै फालेर लगेको पिडित दुबैले बताएका छन् । दशैको लागी खसी बेचेर चाड मनाउने योजना रहेको र यसरी खसी बाधेकै ठाउमा खसी काटेर लैजादा सम्म थाह नपाएको बिहान उठेर हेर्दा खसी बाधेको ठाउमा आलो रगतको भल बगिरहेको देख्दा भक्कानिएको अर्का पिडित ईश्वरी काफ्लेले दुखः ब्यक्त गर्नुभयो । दुईसाता अघि मात्र चन्द्रपुर ८ का शुसील आचार्यको घरमा पनि सोही प्रकृतिको चोरीको घटना घटेको थियो एबम् रितले यसरी एकै प्रकृतिका खसी चोरीका घटनाहरु श्रृङ्खलाबद्ध तरीकाले घट्दै जानुले प्रहरी प्रशासन र शान्ति सुरक्षामाथि चुनौति दिएको देखिएको स्थानिय लेखनाथ कोईरालाकोे भनाई रहेको छ । चाडपर्ब नजिकिएसंगै टोलमा यसरी मासु बेच्ने गिरोहको समुहले घर घर पुगेर रातको समयमा खसी मार्दै चोरेर लैजाने गिरोह नै सक्रिय रुपले लागेपछि स्थानिय चिन्तित बनेका छन् । खसी चोर्न आउनेहरु पेशेवर चोरहरु रहेको र नियोजित तरीकाले खसी रेटेर मार्ने र सोहि घरको आगनमा नै आन्द्राभुडी फालेर बोरामा हालेर लैजाने अनौठो प्रबृत्तिका चोरी भएको स्थानियहरुको भनाई रहेको छ । घटना स्थलबाट प्रहरीले धारिलो ब्लेडहरु, नाईलनको झोला र मासु बोक्न प्रयोग भएको बोरा समेत बरामद गरेको छ । खोरमा बाधेर राखेको खसी काटेर चोरी गर्ने चोरीमा संलग्नहरुको खोजि तिब्र रुपमा जारी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।