सर्लाही, ७ असोज । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएकोे छ । करेन्ट लागेर जनता समाजवादी पार्टीका स्थानीय नेताको मृत्यु भएको हो । सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव रायको बुधबार बिहान हाते कल (चापाकल) मा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here