गौर,८ असोज / रौतहटका उखु किसानहरुले पाउने सरकारी अनुदान रकम उपलब्ध भएको छ । नेपालमा धेरै उखु खेती हुने तराईका रौतहटसहित ८ जिल्लाका किसानलाई वितरण गर्न ९५ करोड २० लाख ५० हजार रुपैया सम्बन्धित जिल्लामा पठाइएको कृषि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनु भएको छ । लामो समयसम्म किसानहरुले पाउनु पर्ने अनुदान रकम सरकारले उपलब्ध नगराउदा उखु किसानहरु म्र्कामा परेका थिए ।
यसबिर्ष भने दशैंअघि नै उखु किसानलाई उपलब्ध गराउन सरकारले अनुदान बापतको रकम जिल्लामा पठाएको जनाएको छ ।
किसानले दशैंमा पैसाको अभाव झेल्नु नपरोस भन्दै यसपटक छिट्टै रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय पठाइएको उहाको भनाइ रहेको छ । आर्थिक वर्ष ७६÷७७ को पुसदेखि क्रसिङ्ग भएको उखुको आधारमा रकम भुक्तानि दिईने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here