काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना यो फिल्ममा अनमोल केसीको जोडीको रुपमा देखिएकी
थिइन् । डेब्यु फिल्मबाटै चर्चा र सफलता दुबै हात पार्न सफल उनी फेरि झरनाकै निर्देशन रहेको होमप्रोडक्सनकै ‘ए मेरो हजुर ४’मा देखिदैछिन् । कोरोनाको कहर अगाडि सुटिङ समेत सुरु भएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । जुन अझै सुरु हुन सकेको छैन । सरकारले फिल्म गतिविधिमा अनुमति दिएपछि छायाँकनमा निस्कने तयारीमा फिल्म युनिट रहेको छ । लकडाउनका कारण फिल्म छायाँकन रोकिए पछि सुहाना अहिले घरमै परिवारसँग छिन् । घरमा रहदा पनि उनी सामाजिक संजालमार्फत फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा एक फ्यानले उनलाई ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ भनेर प्रश्न राखेका थिए । जवाफमा उनले सही समय आएपछि फिल्म रिलिज हुने बताउँदै आफ्नो अनुहार लुकाएको एक तस्विर समेत पोष्ट गरेकी छिन् ।
फिल्मको सुटिङका क्रममा खिचिएको उक्त तस्विरमा उनको हातमा एक खरीपाटी छ, जसमा उनको परिचय खुलाइएको छ । सुहानाको हातमा रहेको खरीपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ ।
तस्बिरमा जसरी खरीपाटीमा नाम र परिचय लेखिएको छ । त्यसैरी नै प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि पत्रकार सम्म्ेलनमा सार्वजनिक गर्ने गर्दछ ।
सुहानाको पोस्टले दर्शकमा फिल्म प्रति उत्सुकता बढाएको छ नै धेरैले फिल्ममा उनको ‘गुन्डागर्दी’ को भूमिका समेत हेर्न मिल्ने अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here