गौर,८ असोज । अविरल वर्षा संगै बुधवार राति झाझ नदीमा आएको बढीले रौतहटको जयनगरमा बाटो बिहिबार दिउसो देखी कटान सुरु गरेको छ । गएको दुई दिनदेखी भइरहेको वर्षाले झाझ नदीमा आएको बाढीले जयनगर स्थित रहेको झाझ नदीको पुलसग जोडिएको सडक कटान गर्न शुरु गरेको हो । झाझ नदीमा आएको बढीले जिल्लाको गरुडा नगरपालिका १ जयनगरमा रहेको झाँझ नदीको पुलको पच्छिम तिर छेउमै बाटो कटान सुरु गरेको छ ।
बाढीले उक्त पुलको छेउको सडकको ९० प्रतिशत भाग कटान गरिसकेको र अब एक देखि डेर मीटरसम्म मात्रै बाटो कटान गर्न बाँकी रहेको देखिएको छ । बढीले कटान गर्न बाकी रहेको उक्त डेर मीटर सडक कटान गरे उक्त सडक नै अवरुद्ध हुने छ । दैनिक माधोपुर, विसुनपूर्वा मानपुर, सिंगर्मन् धरमपुर, जयनगर सहित दर्जनौं गाउँका हजारौं बासिन्दाहरु जयनगरको उक्त झँझ पुलको बाटो भएर नै आवत जावत गर्ने गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here