कलैया,८ असोज । प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ । भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साझ पक्राउ गरेको हा ।
पक्राउ पर्नेहरुमा बारागढी गाउपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता गौतम मिश्राले बताएका छन ।