गौर,८ असोज । तिनदिन देखि परेको अविरल बर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । मुसलधारे बर्षाले रौतहट स्थित दुईवटा घर भत्किएर लाखौं बराबरको क्षति भएको छ । अविरल बर्षाको कारण गढिमाई नगरपालिका ३ का रामजनम राउत सत्रुघन ठाकुरको घर भत्किएर ३ लाख बराबर क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । लगातारको बर्षाले गौर चन्द्रपुर बाहेक जिल्लाको प्रायः सबै स्थानीयतहको कच्ची बाटो हिलाम्मे भएर आवत जावतमा कठिनाइ भएको छ ।