बारा, ८ असोज । बारा प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैयाँ सहित २ जना लाई पक्राउ गरेको छ । भारतिय सीमानासँग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली १२ लाख १६ हजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको साथबाट एक हजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको जनाएको छ । उनीहरुको साथमा रहेकोे पहेलो रंगको झोला भित्र रातो प्लाष्टिकमा नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता मिश्राले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here