”य मान्ने ज्यु हरु चपुर बासिले बिकास भयको महसुस गर्न नसकेपनी अकाल मा ज्यान मर्ने धराप नथापी देउ हिजो ठुलो दुर्घटना बाट म त बाचे भोलि के थाहा तेहि धराप मा परेर अर्को निर्दोष मानिस को मृत्यु नहोला भन्न मेन राेट को हालत हेरिबक्सियोस त यक पल्ट चारै तिर खाल्डाखुल्डी ध्यान जावस न हजुर्

रेडियोकर्मी लक्ष्मी दाहाल बस्नेतको फेसबुक स्टाटस हो यो । सामाजिक संजालमा धेरै जनाले सडकको अवस्थाको बारेमा आवाज उठाइरहनु भएको छ । केही दिन अघि मैले पनि लेखेथेँ ”पूर्व प्रम माधब नेपाल , संघीय संसद विकास तथा प्रबिधि समिति सभापति कल्याणी खड्का , प्रतिनिधिसभा सदस्य देविप्रसाद तिमिल्सिना प्रदेश सभासदस्य धनलाल ठोकर सबैको गृहनगर हो चन्द्रपुर लौन सडकको हालत सुधार गराएर यो अहोभाग्य प्रति गर्व गर्ने मौका दिनुस ।” लकडाउनकै अवधिमा चपुर -गौर सडकखण्ड अन्तर्गत डुमरियासम्म पुगेकी थिएँ । चन्द्रनिगाहपुर चोकदेखि बजार सम्मको सडकको अवस्था देख्दा कोरोना भाइरस भन्दा भयानक लाग्यो । घर अगाडि थुपारिएका निर्माण सामग्री अझै देउराली चोकमा त सडकमै किला ठोकेर भैसीँ बाँधिएको दृश्य , नाला निर्माणका लागि हो या अन्य कारणले पनि हो सडक अव्यवस्थित भएको छ । यस्तो व्यस्त सडक साॅंघुरिदैँ जानु र अव्यवस्थित हुनु दुखद पक्ष हो । चन्द्रपुर नगरपालिका कार्यालय भवन अगाडिको भताभुङ्ग सडकले हरेकपटक प्रश्नचिन्ह उठाएको छ । यो बाटो भएर हिँड्ने हर कोहीले यही भन्छन ‘नगरपालिका कार्यालय अगाडि त यस्तो छ भने अन्यत्रको अवस्था के होला ! ‘ उस्तै अवस्था वसन्तपुर चोकमा पनि छ । नगरपालिका अगाडि र बसन्तपुर चोकमा चाहीँ अहिले केही ट्रिप माटो हालेर जनताको आँखामा छारो छर्ने काम भएको छ । तर सडकका बीचमा रहेका खाल्डाखुल्डी ! भयानक छन । डरलाग्दा छन । द्रुत गतिमा कुदिरहेका सवारी हरु जतिखेर पनि ती खाल्डाको सिकार हुन सक्छन । जतिखेर पनि जीवनको गति समाप्त हुन सक्छ । साँच्चै कोरोनाले त आइसोलेसन सम्म पुराउला तर सडकको यो अवस्थाले भने ठूलो दुर्घटनालाई निम्तो गरिरहेको भान भएको छ । यस्तो होइन कि चन्द्रपुर नगरपालिकामा विकास नै भएको छैन । सडकको विकास भएको छ । गज्जबले भएको छ । चन्द्रपुर नपा भित्रका धेरै सडकले कालो पोत्न पाएका छन । गाउँगाउँसम्म चिल्ला सडक पुगेका छन । गाउँको सुन्दरता बढेको छ । जनता लाई सहज भएको छ । तर ,गौर- चपुर सडकखण्डको भताभुङ्ग अवस्थाले अन्य सकरात्मक पाटोलाई ढाकिदिएको छ । मेयर साब ! म जान्दिन यो सडक कसको दायित्व भित्र पर्छ तर यति भन्न सक्छु नगरपालिकाको मेयर हजुर हाम्रो अभिभावक हुनुहुन्छ। नगरभित्रका हरेक अप्ठ्यारालाई आफ्नो स्थानबाट हल गर्ने , पहल गर्ने या सम्बन्धित निकायलाई दबाब दिने यो जिम्मेवारी हजुरको हो । हरेक दिन त्यही बाटो भएर हिडिरहँदा हजुरलाई कस्तो अनुभूत हुन्छ ? खाल्डाखुल्डीमा त हजुरको सवारी पनि फस्दो हो , अगाडिबाट द्रुत गतिमा आएको टृपर देख्दा र आफ्नो सवारी खाल्डोतिर फसिरहँदा शरीर जिरिङ्ग भएको छ कि छैन? मेयरसाब ! आफ्नो कार्यकाल प्रति अझै गर्व गर्न सक्ने वातावरण बनाउनुस । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता सम्माननीय माधब कुमार नेपाल ज्यू , संघीय संसद विकास तथा प्रबिधि समिति सभापति माननीय कल्याणी खड्का ज्यू , नेपाली काङ्ग्रेसले देशभरीमा जितेको जम्मा २३ निर्वाचन क्षेत्र मध्यको एक क्षेत्र -प्रतिनिधिसभा सदस्य माननीय देवप्रसाद तिमिल्सिना ज्यू , प्रदेश सभा सदस्य माननीय धनलाल ठोकर ज्यू , चन्द्रपुर नगरपालिकाका मेयर आदरणीय रामचन्द्र चौधरी ज्यू , सम्बन्धित वडाका वडा अध्यक्ष ज्यू हरु र सम्पूर्ण जननिर्वाचित प्रतिनिधि ज्यू हरु । हजुरहरु सबै चन्द्रपुर नगरवासी हुनुहुन्छ ।साँच्चिकै अहोभाग्यको कुरा हो हाम्रा लागि । लौ न यो अहोभाग्य प्रति गर्व गर्ने मौका दिनुस । केही ट्रिप मााटो पेलेर समस्याको समाधान हुने वाला छैन । असारमा विकास गरेर साउनमा विनास हुने गरी गरिएको विकास बालुवामा पानी खनाए जस्तै हो । सडक विभागसँग या अन्य कुन कुन निकायसँग गर्नुपर्ने हो समन्वय गरी दीर्घकालिन समाधान खोजौँ । दुर्घटना पछि चुकचुकाउनु बाहेक कुनै विकल्प रहँदैन । सम्भावित दुर्घटनाबाट बचाउने प्रयास गरौँ ।सबैले भन्दै गरेको यो न-गरपालिका लाई गरपालिका बनाऔँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here