गरुडा,९ असोज ।
लगातारको बर्षाका कारण रौतहट जिल्लाको एक डोम बस्तिका बासिन्दा समस्यामा परेकाछन् ।
बिगत चारदिन देखीको लगातारको बर्षाका कारण जिल्लाको माधव नारायण नगरपालिका २ खेसरैयाका डोम बस्तिका बासिन्दाको बेहाल भएको छ ।
सो बस्तिमा रहेका ७ घर परिवार डोम बस्तिका झोपडीमा पानी पसेर घरमा बस्नै नहुने भएकाले बालबालिकको बिजोक भएको डोम समुदायका अगुवा बिजय मल्लीले तराई एक्सप्रेसलाई बताए । सो बिषयमा स्थानीयले नगरपालिकाको कार्यालयमा जानकारी गराएको भएपनि त्यहाबाट कुनै सहयोग नभएको मल्लीको भनाइ रहेको छ । तराई मधेसका जिल्लामा बसोबास गर्ने अति बिपन्न डोम समुदाय जग्गाको अभावमा साना साना छाप्रा बनाएर बस्ने गरेकाछन् ।
खेसरैयामा रहेको डोम समुदायको सात घरमा यतीबेला आकाशे पानी पसेर सुत्न खानबस्नै नहुने अवस्था रहेको मल्लीको भनाइ रहेको छ । सो स्थानमा रहेका डोम समुदायका लागि नगरपालिकाले तत्काल केही ब्यावस्था गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here