गौर,१० असोज । अबिरल बर्षाले रौतहटको दक्षिणी भेगका किसनले लगाएको भदैया धानबालीमा असर गरेको छ । जिल्लाको उत्तरी भेगको पानी बगर दक्षिणी भेग तिर गएको र भारतले बनाएको ड्यामका कारण पानीको सहज निकाश नभएका कारण किसानले लगाएको भदैया धानमा असर गरेको छ ।
पाक्नलाई ठिक्क रहेको गौर नगरपालिका र यमुनामाई गाउपालिमा पर्ने हजौरौ बिघाह धान खेतमा पानी जमेका कारण किसानले लगाएको भदैया धानबालीको उत्पादनमा कमी आउने स्थानीय किसानले बताएकाछन् ।
बेमोसमी बर्षाले रौतहटका किसानले भदैया धान भित्रयाउन समस्या परेको कटहरियाका किसान शम्भु साहले बताए । खेतमा पानी जमेको र अविरल बर्षाको कारण जिल्लाका अधिकांश किसानले लगाएको चौद बयालीस जातको पकिसकेको भदैया धान खेतमै कुहिन सुरुभएको किसानले गुनासो गरेका छन ।
चैत ११ देखि लगातार लकडाउनको कारण मलखादको महंगो , असारमा पानी नपरेर धानमा विभिन्न रोगको प्रकोप र अहिले बर्षाको कारण खेतमै धान कुहिने अवस्थाले सबैभन्दा बढी किसानलाई समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here