अशोक पहाडी
रौतहट,१० असोज ।
चार जनाको समुले धारिलो हतियार प्रहार गर्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँका स्थानीय महेश तिवारीको दम्पतीमाथी आक्रमण हुदा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको हो ।
हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले बताए । आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाई हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here