अशोक पहाडी
रौतहट,१२ असोज / अखिल नेपाल फुटबल संघ प्रदेश २ को अध्यक्षमा रौतहटका नेपाल कार्की निर्बिरोध चयन भएकाछन् । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाबाट कार्की अध्यक्षमा चयन भएका हुन् ।
फुटबल संघ प्रदेश २ को बरिष्ठ उपाध्यक्षमा विजय कुमार गुप्ता चयन भएकाछन् । त्यस्तै उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ ,रामचन्द्र लामा ,अमर खवास ,रमेश कुमार श्रेष्ठ चयन भएका हुन् । संघको महासचिवमा सुरेश शर्मा ठाकुर र कोषध्यक्षमा ठाकुर बहादुर सुस्लीङ चयन भएकाछन् ।
त्यस्तै संघको सदस्यमा बाबुराम दाहाल ,बिनोद कार्की ,लक्ष्मी चौधरी ,दिनेश कुमार श्रेष्ठ ,राम केवल मुखिया ,रामेश्वर साह र ललिता कुमारी चौधरी निर्बिरोध चयन भएकाछन् ।
नव निर्वाचित प्रदेश २ फुटबल समितिका पदाधिकारीलाई अखिल नेपाल फुटबल संघ का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफल कार्यकालको सफलताको कामना सहित बधाइ दिएको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएकाछन् ।