गरुडा,१२ असोज । रौतहटमा बसेर साहित्य सृजना गर्ने रेणु गुप्तालाई देशका विशिष्ट साहित्यकारहरुसंगै सम्मानित गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिको निर्णयले देशभरका एघार स्रष्टासंगै प्रदेश २ बाट गुप्तालाई सम्मानित गर्ने भएको हो । स्रष्टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न साहित्यिक पुरस्कारको घोषणा गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा कार्यरत यस संस्थाले साहित्यका सर्जकहरुलाई पहिलो पटक सम्मानित तथा पुरस्कृत गर्न थालेको हो । २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाईँ मानव अधिकार स्रष्टा सम्मान आहुतिलाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइलालाई, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान प्रमोद प्रधानलाई, महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान गोविन्दराज विनोदीलाई, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई, राधादेवी दाहाल स्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, श्रीप्रसाद दाहाल स्रष्टा सौगात बालिका चौधरीलाई प्रदान गरिने भएको छ ।
आउ“दो कात्तिकमा महाकवि देवकोटा जयन्तीको दिन सबै स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिने आयोजकले जनाएको छ । साहित्यकार गुप्तालाई पर्सा शाखाले सिफारिश गरेको बुझिएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here