गरुडा, १३ असोज ।
रौतहटमा गत भदौ १४ गते हत्या भएका एक महिलाको लेनदेनका कारण हत्या भएको खुल्न आएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं. ३ मुसहरी टोलका स्थानिय सकल बैठकी श्रीमती मिन्त्रा देवी बैठाको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो । बिहान घाँस काटन खेतमा गएकी मिन्त्रा देवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व.अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीले जनाएका छन् ।