गौर,१४ असोज । सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्राएको समान बरामद गरेको छ । मंगलबार दिउसो ईशनाथ नगरपालिका २ औरैया स्थित अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको सुर्ती एक सइ ९ किलो ,लत्ताकपडा र मोबाईलमा प्रयोग हुने सामान (ईयरफोन, चार्जर र डाटाकेबल सहितको समान बरामद गरेको हो । सशस्त्र प्रहरी ११ गण हेडक्वाटर गौरबाट खटिई गएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको टोलीले सो समान बरामद गरेको हो । पाच लाख ४६ हजार रुपैया बराबरको सो समान गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लो समय सिमावर्ती क्षेत्रबाट अबैध समान नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले कडाइ गरेको ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीज्यूले जानकारी दिएकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here