अशोक पहाडी,रौतहट,१४ असोज । माघको आक्रमणबाट रौतहटको चन्द्रनिगाहपुरका २७ बर्षका संगम भण्डारीको ज्यान भएको छ ।
रौतहटको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा मंगलबार भण्डारीको ज्यान गएको हो । उनको कम्बरभन्दा तलको भाग बाघले खाएको छ ।
चन्द्रपुर ६ का २७ बर्षका संगम भण्डारी दिउसो घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरुलाई पनि बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएछन ।
बुधबार बिहानै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास गर्दा भण्डारीको आधा भाग सिरर चन्द्रपुर ४ मा पर्ने तिनधारे भन्ने स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here