रुपेन्द्र पटेल
रौतहट,१४ असोज । बाघको आक्रमणबाट रौतहटमा दुई जना घाईते भएकाछन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वाडनं ६ का दुईजनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।
चन्द्रपुर ६ का २७ बर्षका संगम भण्डारी दिउसो घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरुलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएकाछन् ।
घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरीले र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले जानकारी दिएकाछन् ।