गौर,१४ असोज । रौतहटमा पछिलो समय भारतिय सामानको तस्करी बढेको छ । सिमावर्ती भारतिय र केही नेपाली तस्करहरुले बिभिन्न भारतिय सामानको तस्करीमा तिब्रता ल्याएको छ । लामोसमय लकडाउनको कारण बन्द रहेको रौतहटको बजारहरु खुलेसंगै भन्सार छलेर भारतिय सामानको आयात बढेको छ । बिगतको जस्तो तरिकाछोडेर तस्करहरुले अब नयाशैलीमा तस्करी सुरु गरेका छन । श्रीमती र छोरा छोरीलाई ससुराली बाट बोलाएर ल्याउने देखिने किसिमले अहीले तस्करहरुले हजारौं मुल्य बराबरको भारतिय कपडा,रेडिमेडका साथै बिभिन्न सामानको ढुवानी गरीरहेका छन । तस्करले रौतहट र बाराको केही नाकाबाट मोटरसाइकलमा एकजना महिला र एकजना बालबालिका बसाएर आठ १० वटा पोका र झोलाहरुमा अबैधरुपमा भित्रयाएको भारतिय सामान रौतहट र बाराको प्राय.ं सबै बजारमा पुरयाउने गरेका छन । तस्करहरु बिहान ६।७ बजे सिमाक्षेत्र बाट अबैधसामान ल्याएर रौतहटका बजारहरुका साथै बाराको कोल्हवी र निजगढ सम्म पुरयाईरहेको एकजना प्रत्यक्षदर्शीले बताएका छन । त्यतीमात्र नभई भारतिय सामानको तस्करीमा अहिले रौतहटको झण्डै एकदर्जन महिला तस्कर सकृय रहेको देखिएको छ ।
महिला आफैले चलाएर ल्याएको मोटरसाईकलमा कपडा, किराना,कष्मेटिक्स लगायत भारत बाट अबैधरुपमा भित्रयाएको सामान बजार बजारमा पुरयाईरहेको गाउलेहरुले बताएका छन ।यसरी दैनिक जसो हुनेगरेको तस्करीमा स्थानिय प्रहरीको समेत मिलोमतो रहेकाले तस्करीको काम दिन प्रतिदिन फस्टाउदै गएको छ । ब्यवसायीक तस्करहरुले भारत बाट भन्सार छलेर ल्याएको सामान रौतहटको गरुडा, शिवनगर, कटहरिया,बिजयपुर बजारका साथै बाराकोे कोल्हवी र निजगढ सम्म पु¥याउने गर्दछन ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार भारतिय बजार बाट भईरहेको तस्करी अबिलम्ब नियन्त्रण गर्न जिल्लाको सबै प्रहरी युनिटलाई निर्देशन दिएको बताएका छ ।