बृन्दावन, १६ असोज । रौतहटमा फेरी एक युवतीको हत्या भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ युवतीको हत्या भएको हो । जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी साँझा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् । बिहान १० बजे तिर घाँस काटन गएकी साँझा साँझ सम्म न फर्केपछि उनकी खाजि गर्दै जाँदा उनि मृत अवस्थामा नजिकैको उँखुबारीमा फेला परेको स्थानिय वासिन्दा बताएका छन् । यता घटना बारे प्रहरीले तत्काल केही बताउन सकेको छैन ।