गौर,१७ असोज । कांग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा दर्जनबढीलाई जिउदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बारा सिम्रौनगढ नगरपालिका(४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साझ पक्राउ गरेको हो ।
सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका(७ स्थित नेपाल(भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए । सिंहका अनुसार उनी इँटाभट्टाका हेड मिस्त्री हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here