सर्लाही,१७ असोज । सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । दुर्घटनामा गम्भीर भाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रबार साझ लालबन्दी नगरपालिका(१७ रानिगंजस्थित पूर्वपश्चिम लोकमागमा मोटरसाइकल दुर्घटनामा परेका प्रदेश नम्बर १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकल चालक महोत्तरी जिल्ला बर्दिवास नगरपालिका १ किसनपुरका १७ वर्षका सरोज साहको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते साहलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । उनको उपचारको क्रममा शुक्रबार रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा सोही मोटरसाइकलमा सवार बर्दिवास १ का १७ वर्षका नविन साह पनि घाइते भएका छन् । घटनामा संलग्न अर्को ना २३ प १६६३ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका १५ का ३५ वर्षका दिनेश राय र पछाडि सवार सोही स्थानका २६ वर्षका कृष्ण यादवको पनि स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here