रुपेन्द्र पटेल
गौर, १७ असोज ।
मोटरसाइकल दुर्घटनामापरी रौतहटमा एक पत्रकार घाईते भएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झा मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् । घाईते पत्रकार झाको गौर अस्पतालमा उपचार भइरहेको छ । उनको देब्रे खुट्टामा चोट लागेको छ । शनिवार बिहान गौर बाट औरैया तर्फ समाचार संकलनका लागि जाँदै गर्दा पत्रकार झा दुर्घटनामा परेका हुन । उहाको देव्रे खुट्टामा चोट लागेको र उपचार भैरहेको नेपाल पत्रकार महासघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले जानकारी दिएका छन ।