सिरहा, १८ असोज । सिरहामा बलात्कारको घटना गाउमै मिलाउने ८ पञ्चलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको बिष्णुपुर गाउपालिका वडा नं. १ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउ“का पँचहरुले ५ लाख रुपैया जरिबाना तोकेर मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पञ्चहरुलाई पक्राउ गरेको हो । सोही स्थान बस्ने स्थानीय सिंघेश्वर साहको २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको र सो घटनालाई गाउमै मिलाउने उक्त पञ्चहरुलाई पक्राउ सिरहाका प्रहरी नायव उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए । घटनामा सिराहको बिष्णुपुर गाउ“पालिका–१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह,४७ वर्षीय राजकुमार साहलाई पक्राउ गरेको डिएसपी पौडेलले बताए । त्यस्तै सोही ठाउ“का ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टुडेपाटिबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here